अस्मिता पटेल की नेपाली और हिन्दी कविताएँ

 अस्मिता पटेल की नेपाली और हिन्दी कविताएँ

एफ आई आर

बेटेको बोर्डिंग स्कूल
बेटी को सरकारी
यह दर्द मैं किसको दिखाऊँ
जा कर कहाँ मैं एफ आई आर लिखाऊं

दर्द हो कोई बेटे को तो सिटी हॉस्पिटल
कुछ हो बेटी को तो नजदीकी क्लिनिक

यह चीख मैं किसको सुनाऊँ
जा कर कहाँ मैं एफ आई आर लिखाउँ

बेटे को कहते सीना तान चलो
बेटी को कहते सिर नीचे कर चलो
यह भेद मै कैसे मिटाऊँ

जा कर कहाँ मैं एफ आई आर लिखाऊँ

बेटे के लिए रखते सम्पति सारा सहेज
बेटी को देते थोडे सेे दहेज़
यह परम्परा मै कैसे हटाऊँ

जाकर कहाँ मैं एफ आई आर लिखाऊँ ।।

【मृत्यु पछि 】

सेतो कत्रोमा गोजि हुँदैन
मसानघाटमा रोजि हुँदैन
किन तछाड मछाड गरदछौ?
मृत्यु पस्चात खोजी हुँदैन

निदाएको बेला आँखा खुलेको हुँदैन
अङ्ग उमङ्ग हराएपछि आत्मा अडिग हुँदैन
किन जीवन को आश गर्दछौ?
मान्छे मरेपछि साँस हुँदैन

जीवन अजम्बरी हुँदैन
एकनास सधैँभरी हुँदैन
के को घमण्ड गर्दछौ?
झूठो संसार जुनिभरि हुँदैन

छुटाएर साथ शरिरको छुटकारा हुँदैन
मुटुमा लाग्छ चोट जिउँदोमा सबैको साहारा हुँदैन
किन मन दु:खको भिड गर्दछौ ?
सपना ऊजाडने निड हुँदैन

त्यो मुर्दामा माया हुँदैन
अन्तेष्ठि पस्चात छाया हुँदैन
दुनिया मा स्वार्थ मात्र किन?
मर्ने दिन दैवमा पनि दया हुँदैन ।।

लक्ष्य हाम्रो

कलिला कलिला फुल हामी
बागबगैचामा फुल्नु छ
कोमल कोमल मतिष्कमाथि
ज्ञान को फोहरा हाल्नु छ

खेलौँ कुदौँ वन वनै डुलौँ
जता ततै मिठो सुवास छर्नु छ
पढौॅ लेखौँ मन भित्र बति बालौँ
फिका सिपमा मोति भर्नु छ

पृय देश हाम्रो नेपाल
राष्ट्रपति वफादार बननुछ
तराई पहाड सुन्दर हिमाल
देश बिदेशमा सदाबहार बननुछ

थरि थरिका फुलका थुङ्गा
एउटै माला गाँसनु छ
मनभरि सधैँ परफुलित चङ्गा
पुगि हिमाल सँग सँगै हास्नु छ।।

अस्मिता पटेल
बीरगंज,नेपाल

Related post